२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ नेपालका यी ११ जिल्लामा अझै पनि छन् ५ सयभन्दा बढी सक्रिय संक्रमित

नेपालका यी ११ जिल्लामा अझै पनि छन् ५ सयभन्दा बढी सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पछिल्ला दिन देशभर कोरोना संक्रमितको संख्या घटिरहेको छ । आज पाँचभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला मात्र ११ वटा रहेको मन्त्रालयले जनाएको छ ।

केही साता अघिसम्म नेपालका ५० भन्दा बढी जिल्ला दैनिक सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको थियो । आज पाँच सयभन्दा सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, झापा, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र सुर्खेत छन् ।

तलको यो पनि पढ्नुहोस :

नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ६०३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका २३ जना र ११ देखि २० वर्षका ७६ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका २४० जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक २९० जना रहेका छन् । ४१ देखि ५० वर्षका १५८, ५१ देखि ६० वर्षका १०६ जना, ६१ देखि ७० का ८५ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ४१ जना, ८० देखि माथिका १२ जना र उमेर नखुलेका ३ जना रहेका छन् । अहिले देशभर ६०८ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार