२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल नतिजा विहीन

इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल नतिजा विहीन

एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय नतिजा विहीन सकिएको छ  ।

ब्रिस्टोलमा वर्षाको कारण दुई टिमबीचको खेल नतिजा विहीन सकिएको हो ।

वर्षाले पटक पटक प्रभावित खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

Image

तर, वर्षाको कारण इंग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाई खेल रद्द भएको छ ।

अन्तिम खेल नतिजा विहीन भएसँगै इंग्ल्यान्डले ३ खेलको सिरिज २-० ले आफ्नो बनाएको छ ।

अघिल्ला दुई खेलमा इंग्ल्यान्डले जित निकालेको थियो ।

यस अघि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले जितेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार