गृहपृष्ठ हेर्नुहोस आज मंगलबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज मंगलबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ६३४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ६८ जना र ११ देखि २० वर्षका ११४ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४५१ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४०१ जना रहेका छन् । ४१ देखि ५० वर्षका २१९, ५१ देखि ६० वर्षका २०० जना, ६१ देखि ७० का १४७ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ८१ जना, ८० देखि माथिका ३५ जना र उमेर नखुलेका २ जना रहेका छन् । अहिले देशभर ५६७ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






