२०८३ वैशाख २२ गते मंगलवार | May 05, 2026

गृहपृष्ठ नारा-जुलुससहित बालुवाटारबाट निस्किए ओली (तस्बिरहरू)

नारा-जुलुससहित बालुवाटारबाट निस्किए ओली (तस्बिरहरू)

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन्।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो।

‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ।

ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन्।

हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूले गाडीमा केपी ओलीको डमी पनि बोकेका छन्।

झन्डै ४१ महिनापछि बालुवाटारबाट बाहिरएका ओलीलाई बालकोटमा बाजागाजासहित स्वागत गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार