२०८३ वैशाख २२ गते मंगलवार | May 05, 2026

गृहपृष्ठ नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो

नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि हिजो मंगलबार १ हजार ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार १०८ जनाको पीसीआर परीक्षणबाट २ हजार १० र ४ हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९५ जना गरी जम्मा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १२ जना संक्रमितले ज्यान गुमाएको थिए । हिजोको तुलनामा आज संक्रमित र मृतकको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६०६ जना कोरोना संक्रमित निको भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार