२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ दक्षिण अफ्रीका विजयी

दक्षिण अफ्रीका विजयी

एजेन्सी । दक्षिण अफ्रीकाले अन्तिम तथा तेस्रो एकदिवसीयमा आयरल्याण्डलाई पराजित गरेको छ ।

डुब्लीनमा शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ७० रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको ३ सय ४७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो ।

आयरल्याण्डका लागि सिमि सिंहले अविजित रहदै १०० रनको शतकीय इनिङ्स खेले । यससँगै सिमि एकदिवसीय क्रिकेटमा आठौं नम्बरमा ब्याटिङ गर्दै शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ह्यारी टेक्टर २९ रनमा आउट भए ।

दक्षिण अफ्रीकाका एडिले र ताब्रेज शाम्सीले ३/३ विकेट लिए । केशब महाराजले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि जान्नेमन मालनले अविजित रहदै १ सय ७७ रनको शतकीय इनिङ्स खेले ।

यस्तै क्विन्टन डी ककले १ सय २० रनको शतकीय इनिङ्स खेले । रुस्सी भान डेरले ३० रन बनाए ।

आयरल्याण्डका जोश लिटलले २ विकेट लिए ।

दक्षिण अफ्रीकाको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ ।

पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा आयरल्याण्डले ४३ रनको जित निकालेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार