गृहपृष्ठ नेपालमा आज मंगलबार थप यति जनामा कोरोना संक्रमण पुस्टि,२५ जनाले गुमाए ज्यान
नेपालमा आज मंगलबार थप यति जनामा कोरोना संक्रमण पुस्टि,२५ जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा ३ हजार १०८ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ८ हजार ८३६ पीसीआर र ४ हजार २९९ जनाको एन्टीजेन परीक्षणका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । गत २४ घण्टामा १ हजार ५९५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ ।
उक्त अवधिमा २५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।





