२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ आज मंगलबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस

आज मंगलबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार १०८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७१ जना र ११ देखि २० वर्षका १७४ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ५७८ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ५२८ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३५०, ५१ देखि ६० वर्षका २५१ जना, ६१ देखि ७० का १२९ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ७५ जना, ८० देखि माथिका ४२ जना र उमेर नखुलेका ४ जना रहेका छन् । अहिले देशभर ५९२ जना आईसीयूमा र १७२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार