२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ सन्दीपले द हन्ड्रेड क्रिकेट गुमाउने

सन्दीपले द हन्ड्रेड क्रिकेट गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।

भिसाको कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेड गुमाउने भएका हुन् ।

सन्दीपका म्यानेजर रमण शिवाकोटीले सन्दीपले प्रतियोगिता गुमाउने पक्का भएको बताए ।

‘सन्दीपले प्रतियोगिता खेल्ने छैनन् । उनी अब नेपाल फर्कने छन्,’ शिवाकोटीले भने ।

सन्दीपले समेत सामाजिक संजाल फेसबुकबाट द हन्ड्रेड गुमाउने पुष्टि गरेका छन् ।

सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताईएको छ ।

‘ म ओभल इन्भिन्सिबलबाट खेल्न उत्सुक थिए । प्रतियोगिता गुमाउनु परेकोमा म अत्यन्त मर्माहित छु,’ सन्दीपले सामाजिक संजालमा लेखेका छन्, ‘ मैले टिएर ५ भिसाको लागि आवेदन दिए किनकि यस भिसाले प्रतियोगिता खेल्न पर्याप्त हुने भनिएको थियो । ‘

अब सन्दीपको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीले इन्भिन्सिबलबाट खेल्ने बताईएको छ ।

सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड पुगिसकेका थिए । उनको क्वारेन्टिन अवधि आज सकिएको थियो ।

१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ ।

पहिलो खेलमा इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ ।

भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।

त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार