गृहपृष्ठ नेपालमा कोरोनाले कुन उमेरका कति संक्रमितको लियो ज्यान ?
नेपालमा कोरोनाले कुन उमेरका कति संक्रमितको लियो ज्यान ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका कसैको पनि ज्यान गएको छैन । त्यस्तै १० देखि १९ वर्षसम्मका कसैको पनि ज्यान गएको छैन् ।
त्यस्तै, आज २० देखि २९ वर्ष सम्मका २ जनाको ज्यान गएको छ । ३० देखि ३९ वर्षका २ जनाले ज्यान गुमाएका छन् । ४० देखि ४९ वर्षका २ जना र ५० देखि ५९ वर्षका ५ जना रहेका छन् ।
कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा धेरै ६० वर्षभन्दा माथिका रहेका छन् । ६० वर्ष भन्दा माथिका ७ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ३३५ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै अहिले देशभर ६८२ जना आईसीयूमा र १७५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ६७९ पुगेको छ ।





