२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ ‘ए’ डिभिजन लिग खेल्न १४ क्लबको प्रतिबद्दता

‘ए’ डिभिजन लिग खेल्न १४ क्लबको प्रतिबद्दता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सहिद स्मारक ‘ए’ डिभिजन क्लबसँग छलफल गरेको छ ।

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आगामी ‘ए’ डिभिजन लिगबारे ‘ए’ डिभिजनका १४ क्लबका प्रतिनिधिसँग छलफल गरेको हो । एन्फाले ‘ए’ लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिसकेको छ ।

छलफलमा सबै क्लबले लिग खेल्न प्रतिबद्धता जनाएका छन् । तर, खेलाडीको स्वास्थ्य र सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।

ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लाल कुमार पुनले लिग खेल्ने क्रममा खेलाडीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए ।

थ्री स्टार क्लबका महासचिव सन्जिब शिल्पकारले एन्फालाई बुझाएको पुरानो ज्ञापन पत्र लिग रोक्नको लागि नभई यसलाई बढी व्यवस्थित बनाउन भएको बताए ।

छलफलमा अन्य क्लबका अध्यक्ष तथा पदाधिकारीले पनि खेलाडीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनैपनि हालतमा लिग आयोजना गर्ने र त्यसका लागि सरकारसँग अनुमति मागेर सबै स्वास्थ्य मापदण्डलाई पूरा गरिने बताए ।

May be an image of 3 people, people sitting, people standing and indoor

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार