गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना संक्रमण,थप यति जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना संक्रमण,थप यति जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा ३ हजार २१८ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ । कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।
उक्त अवधिमा १९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । हाल ३२ हजार २७ जना होम आइसोलेसन र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा छन् । ४४३ जना क्वारेन्टाइन, ७४६ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।





