२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय

काठमाडौं,३२ साउन । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको भागदौड देखिन्छ ।

त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरुको अवस्था थाहा हुन सकेको छैन । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार