२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ अबैध (ईन्धन) डिजल बोकेको गाडी प्रहरी नियन्त्रण

अबैध (ईन्धन) डिजल बोकेको गाडी प्रहरी नियन्त्रण

रुपन्देही प्रहरीले डिजलसहित एउटा लहरी बरामद गरेको छ । आइतबार नेपालबाट भारत तस्करी गरी लैजाँदै  गरेको पाँच सय लिटर डिजलसहित भारतीय लहरी बरामद गरिएको हो ।

आरजे ०२ जिबी ४०६० नम्बरको २२ चक्के लहरीमा दुई वटा अतिरिक्त ट्यांकी जोडेर डिजल भारत लैजान लागिएको थियो ।

प्रहरीले लहरीसहित चालक राजस्थान कलौरीका ४० वर्षीय राकेश डागुर र सहचालक ४५ वर्षीय ओमप्रकाशलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको टोलीले आइतबार डिजलसहित लहरी बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।

उक्त डिजल कहाँ भरिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए। इन्धन, लहरी र दुबै जनालाई भन्सार कार्यालय बेलहिया पठाइएको केसीले बताए।

‘डिजल तस्करीका लागि मानिसले नयाँ-नयाँ आइडिया लगाएको पाइएको छ,’ केसीले भने।

भारतभन्दा तुलनात्मक रुपमा डिजल नेपालमा सस्तो पर्ने हुँदा नेपाली बजारबाट भारत तस्करी हुने गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार