२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ १० लाख स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

१० लाख स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

प्रहरीले रुपन्देहीबाट स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ का २० वर्षीय विष्णु यादव र १९ वर्षीय अनवर मुसलमान रहेका छन्।

लु ४३ प २६५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शनिबार स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरूलाई रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार