गृहपृष्ठ रुपन्देहीमा निषेधाज्ञा भदौ १५ गतेसम्म कायम ( सूचना सहित)
रुपन्देहीमा निषेधाज्ञा भदौ १५ गतेसम्म कायम ( सूचना सहित)
बुटवल,३२ साउन । रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म कायम रहने भएको छ । सोमबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा भदौ १५ गते राति १२ बजेसम्म निरन्तरता दिने निर्णय गरेको साहयक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
नेपाली हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
हेर्नुहोस जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी गरिएको सूचना :







