२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ मेस्सीलाई समेट्दै विश्वकप छनोटका लागि अर्जेन्टिनी टिमको घोषणा

मेस्सीलाई समेट्दै विश्वकप छनोटका लागि अर्जेन्टिनी टिमको घोषणा

काठमाडौं ।  पेरिस सेन्ट जर्मेइन (पीएसजी)को डेब्यु अगावै लियोनल मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप छनोटको खेल खेल्ने भएका छन् ।

अर्जेन्टिनी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले सेप्टेम्बरमा हुने विश्वकप छनोटका खेलका लागि कप्तान मेस्सीलाई समेट्दै टिमको घोषणा गरेका छन् ।

अर्जेन्टिनी टिममा बोलाइएसँगै मेस्सीको पीएसजी डेब्युका लागि अझै केहीसमय कुर्नुपर्ने देखिएको छ ।

मेस्सी बार्सिलोनाबाट केही समयअघि फ्रि ट्रान्सफरमार्फत पीएसजीमा अनुबन्ध भएका हुन् । त्यसयता उनले यस सिजन लिग वानमा ३ खेल गुमाइसकेका छन् ।

अर्जेन्टिना र ब्राजिल कोरोनाका कारण फ्रान्सकोे ‘रेड लिस्ट’ मा रहेको छ । जसका कारण मेस्सीको राष्ट्रिय टिमको बसाईले क्लब डेब्युमा ढिलाई हुने भएको हो ।

यसका  साथै पीएसजीका एंगेल डी मारिया र लेन्द्रो पेरेडेजलाई पनि अर्जेन्टिनी टिममा बोलाइएकोे छ ।
युभेन्टस स्टार पाउलो डिबाला दुई वर्षपछि टिममा बोलाइएका छन् ।

एस्टोन भिला तथा अर्जेन्टिनाका मुख्य गोलकिपर इमिलियानो मार्टिनेजका साथमा इन्टर मिलानका लौटारो मार्टिनेजलाई पनि प्रशिक्षक स्कालोनीले टिममा समावेश गरेका छन् ।

अर्जेन्टिनाले सेप्टेम्बरमा भेनेज्वेला,ब्राजिल र बोलिभियासँग विश्वकप छनोटका लागि ३ खेल खेल्ने तालिका रहेको छ । 

विश्वकप छनोटका लागि अर्जेन्टिनी टिम यस्तो रहेको छ ।

गोलकिपरः अर्मानी,इमिलियानो मार्टिनेज,जुअन मुस्सो र गेरोनिमो रल ।

डिफेन्डरः गोन्जालो,मार्कस अकुना,मोलिना,क्रिस्टियन रोमेरो,ओतामेन्दी,लुकस,पेजेल्ला,लिसान्द्रो मार्टिनेज र निकोलस टाग्लिफिको ।

मिडफिल्डरः रोड्रिगो डे पल,लेन्द्रो पेरेडेज,लो सेल्सो,पालासियस,गाइडो रोड्रिगेज,डोमेन्गुइज,इमिलियानो र अलेजान्द्रो गोमेज ।

फरवार्डः लियोनल मेस्सी,एंगेल डि मारिया,लौटारो मार्टिनेज,निकोलस गोन्जालेज,एंगेल कोरेरा,पाउलो डिबाला,जुलियन अल्भारेज र जोअकिन कोरेरा ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार