२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ एमालेका दोस्रो पुस्ताका नेतासँग रिसाए डा. भट्टराई, दिए यस्तो सन्देश

एमालेका दोस्रो पुस्ताका नेतासँग रिसाए डा. भट्टराई, दिए यस्तो सन्देश

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रन्छन् र गोरु ब्याउँछ भन्‍नु उस्तै उस्तै भएको बताउनुभएको छ ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत एमालेका दोस्रो पुस्ताका नेताहरुलाई ब्यंग्य गर्दै ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? भन्दै व्यंग्यात्मक प्रश्न गर्नुभएको हो । उहाँले दोस्रो पुस्ताका नेताहरूमा सत्तरी आसपासका बुढाहरूको जत्ति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेतरआँट नभएको टिपणी गर्नुभएको छ ।

डा. भट्टराईले ट्वीटरमा लेख्नुभएको छ– ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै ! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ! ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो र ? खै चेत ?’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार