२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ केही नबोली टिकटकमा १० करोड फलोअर्स कमाउने रेकर्ड

केही नबोली टिकटकमा १० करोड फलोअर्स कमाउने रेकर्ड

क्यालिफोर्निया :पश्चिम अफ्रिकास्थित सेनेगलका टिकटक प्रयोगकर्ता खाबी लामे आफ्नो हास्यपूर्ण अभिव्यक्ति शैलीका कारण परिचित छन्।

उनी टिकटकमा केही नबोली अरुले गरेको उटपट्याङ काम हेरेर अनुहारबाटै प्रतिक्रिया दिएर मन जित्न सक्छन्। यसै गरी उनले टिकटकमा दश करोड फलोअर्स कमाइसकेका छन्। हालै १० करोड फलोअर्स कटाउने उनी संसारकै दोस्रो व्यक्ति भएका छन्। २१ वर्षीय खाबी लामेको वास्तविक नाम खाबाने लामे हो। टिकटक स्टार हुनुअघि उनी एक कारखानामा काम गर्थे।

कोरोना महामारीले रोजगार बन्द भएपछि गत मार्चमा उनले ‘खाबी लामे’ नाममा टिकटक अकाउन्ट खोलेका थिए। अकाउन्ट खोलेको दुई महिनाभित्र अरुका भिडिओहरुमा बिना एक शब्द बोली हास्य अभिव्यक्ति दिएर उनले पचास हजारभन्दा बढी फलोअर्स कमाएका थिए।

गत फ्रेबुअरीमा उनले जुभेन्टस क्लबका चर्चित फुटबलर पाउलो डिबाला र पूर्व इटालियन फुटबलर एलेसान्ड्रो डेल पिएरोसँग भिडिओ बनाएका थिए। सो भिडिओपछि खाबीको टिकटक फलोअर्स संख्या दश लाख पुगेको थियो। गत हप्ता भने टिकटकले खाबी लामेले दश करोड फलोअर्स कमाउने दोस्रो व्यक्ति बनेको घोषणा गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार