२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ गण्डकी प्रदेश स्याङ्जाले गर्यो विना ईन्टरनेट चल्ने ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एपको सन्चालन

गण्डकी प्रदेश स्याङ्जाले गर्यो विना ईन्टरनेट चल्ने ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एपको सन्चालन

स्याङ्जा। ग्रामीण भेगहरुमा इन्टरनेटको राम्रो पहुँच नभएकाले सरकार र निजी क्षेत्रको समन्वयमा विद्यार्थीहरुलाई अफलाइन क्लास उपलब्ध गराउने प्रयास भइरहेको छ । अफलाइन कक्षा कम खर्चिलो हुनुका साथै थप प्रभावकारी हुने देखिन्छ । गण्डकी प्रदेशले ग्रामीण भेगको शैक्षिक प्रणालीमा उदाहरणीय कदम चालेको छ ।

गत शनिवार गण्डकी प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि अनलाइन/अफलाइनमा आधारित वैकल्पिक सिकाइ सामग्रीको परीक्षण (अफलाइन मोबाइल एपका माध्यमबाट कक्षा सञ्चालनका लागि डेमो प्रस्तुति) तथा उद्घाटन गरेको छ । स्याङ्जाकाे भीरकोट नगरपालिका २ स्थित दहथुम माध्यमिक विद्यालयबाट याे अफलाइन एपको डेमो परीक्षण गरिएको हाे परीक्षण प्रभाकारी भएमा गण्डकी प्रदेशका एक हजार ४ सय ४८ वटा विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका करिब ३ लाख ६५ हजार विद्यार्थी लाभान्वित भएको आंकलन प्रदेश मन्त्रालयको छ। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले अब मोबाइलबाटै भिडिओसहित सबै विषयमा अफलाइन कक्षा लिन सक्नेछन् ।

अफलाइन एप डाउनलोड गरेपछि विद्यार्थीले आफूले चाहेको विषयमा अध्ययन गर्न पाउँछन् । कोभिड-१९ को असरका कारण विद्यालयमा उपस्थित भई पठनपाठन गर्न नपाएपछि वैकल्पिक शिक्षाका लागि संघ, प्रदेश र स्थानीय सरकारले सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् । प्रदेश सरकारले ‘पीडी स्मार्ट एजुकेसन’ नामक संस्थाको समन्वयमा ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ नामक एपको प्रयोग गरी अफलाइन कक्षा सञ्चालन गरेको हो । संस्थाका सीईओ गणेश जोशीले नेपाल सरकारको नँया पाठ्यक्रमअनुसार स्वीकृति लिएर पठन सामग्री निर्माण गरिएको जनाए । ‘पीडी स्मार्ट एजुकेसन’ले ‘इजी लर्निङ’को अवधारणा अनुसार विगत तीन वर्षदेखि प्रयास गरिरहेको छ ।

सुरुवाती दिनमा यसको माग खासै नदेखिएको भएपनि निषेधाज्ञा वा लकडाउनका बेला लोकप्रियता बढिरहेको छ । ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुका लागि लक्षित गरी बनाइएको एपमा पाठ्यक्रममा आधारित डकुमेन्ट्रीहरु उपलब्ध छन् । सबै भिडिओ डकुमेन्ट्रीहरु विषय विशेषज्ञद्वारा निर्माण गरिएको छ । जसले गर्दा सिकाइ स्तरीय र प्रभावकारी हुने देखिन्छ अनलाइन क्लास नहुँदा पनि यसलाई विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । यस एपमा अन्य विषय र पाठ्यक्रमका शैक्षिक सामग्रीहरु पनि उपलब्ध छन् ।’पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एपको प्रयोग गर्न एक पटक मात्र इन्टरनेटको जरुरत पर्दछ ।

संस्थाले एप डाउनलोड गर्दा मोबाइलमा एप सेटअपका लागि सिरियल की उपलब्ध गराउँछ । एकपटक एप सेटअप भइसकेपछि एक वर्षसम्म चलाउन मिल्छ । विद्यार्थीहरुले एपमा आफूले चाहेको विषय छानेर पढ्न सक्छन् । सिकाइको क्रममा द्विविधा भए उनीहरुले कमेन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ । ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एप गुगल प्ले स्टोरबाट मोबाइलमा सजिलै डाउनलोड गर्न सकिन्छ । सरकारको सहयाेग भएमा ‘स्मार्ट एजुकेसनले’ एक महिनाभित्रै देशभर सेवा उपलब्ध गराउन सक्ने संस्थाका सीईओ जोशीको भनाइ छ । यसअघि ‘स्मार्ट एजुकेसनले निजी शैक्षिक संस्थाहरुसँग पनि समन्वय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार