गृहपृष्ठ आज बिहिबार नेपालमा थप २६ जना संक्रमितले ज्यान गुमाउदा, थपिए यति संक्रमित ?
आज बिहिबार नेपालमा थप २६ जना संक्रमितले ज्यान गुमाउदा, थपिए यति संक्रमित ?
काठमाडौं,१० भाद्र । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४३३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर परीक्षण गर्दा २ हजार ५२ जना र एन्टीजेन परीक्षण गर्दा ३८१ जनामा संक्रमण पुष्टि भएको हो । आज ३६६ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १० हजार ६३८ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर १ हजार ९२९ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९३ दशमलब ५ प्रतिशत रहेको छ ।
देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३५ हजार ३५४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । ६२० जना आइसियु र १६५ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





