२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं,१० भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ४३३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५४ जना र ११ देखि २० वर्षका १७७ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४६९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४२१ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३८३, ५१ देखि ६० वर्षका २७५ जना, ६१ देखि ७० का १४८ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ७८ जना, ८० देखि माथिका ४१ जना रहेका छन् । त्यस्तै ६ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ६२० जना आईसीयूमा र १६५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार