गृहपृष्ठ आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
काठमाडौं,१० भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ४३३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५४ जना र ११ देखि २० वर्षका १७७ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४६९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४२१ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३८३, ५१ देखि ६० वर्षका २७५ जना, ६१ देखि ७० का १४८ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ७८ जना, ८० देखि माथिका ४१ जना रहेका छन् । त्यस्तै ६ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ६२० जना आईसीयूमा र १६५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











