२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ लागुऔषधसहित दुई जना प्रहरी नियन्त्रणमा

लागुऔषधसहित दुई जना प्रहरी नियन्त्रणमा

रुपन्देही,१० भाद्र । प्रहरीले रुपन्देहीको मायादेवी गाउँपालिकाबाट लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना पुरुष र एक जना महिला छन् । वडा प्रहरी कार्यालय भैरहवा प्रहरीबाट निरीक्षक सुवास तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले २५ वर्षीय लक्ष्मी कुँवर र ३५ वर्षीय अफताव खाँनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये महिलाको स्थायी घर गुल्मीको रुरु गाउँपालिका वडा नं २ मा रह‍ेको र पुरुषको घर सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको प्रहरीले बताएको छ । उनीहरुका साथबाट ५ किलो ५ सय ग्राम गाँजा (लागूऔषध) बरामद भएको छ ।

उनीहरुले भाडामा बस्दै आएको वसडिलवास्थित मिना पण्डितको घरको कोठामा साढे पाँच किलो गाँजा र नापतौल गर्ने डिजिटल तराजुसमेत लुकाइराखेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई रुपन्देही अदालतबाट साथ दिनको म्याद थपी अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार