२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ रोनाल्डो सिटी जान सहमत भएको दाबी

रोनाल्डो सिटी जान सहमत भएको दाबी

एजेन्सी । क्रिस्टियानो रोनाल्डो म्यान्चेष्टर सिटी जान सहमत भएको दाबी गरिएको छ ।

पोर्चुगलबाट निस्कने आउटलेटका अनुसार रोनाल्डो प्रिमियर लिग क्लब सिटी जाने विषयमा व्यक्तिगत शर्तका विषयमा सहमत भएका छन् ।

३६ वर्षिया रोनाल्डोको यस समरमा युभेन्ट्स बसाई अनिश्चित बनेको छ । उनका एजेन्ट जर्ज मेन्डिसले यसै साता सिरि ए क्लबका नेतृत्वकर्तासंग रोनाल्डोको भविष्यलाई लिएर छलफल गरेका थिए ।

पोर्चुगलबाट सार्वजनीक खबर अनुसार रोनाल्डोले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलासंग आफ्नो भविष्यलाई लिएर छलफल गरिसकेका छन् । सोही अनुसार सिरि ए क्लबले प्रिमियर लिगको च्याम्पियन क्लबसंग रोनाल्डोलाई छाड्ने विषयमा छलफल गरिरहेको छ ।

इटालीबाट यसै साता प्रकाशित रिपोर्टका अनुसार सिटीले म्यान्चेष्टर युनाईटेडका पूर्व खेलाडीलाई दुई वर्षको प्रस्ताव गरेको छ । सातामा २ लाख ३० हजार पाउण्ड दिने गरि सिटीको दुई वर्षको प्रस्ताव छ ।

टोटेनहमका फरवार्ड ह्यारी केनलाई अनुबन्ध गर्न असफल भएपछि सिटी नयाँ फरवार्डको खोजीमा रहेको छ ।

रोनाल्डोले एलिनाज स्टेडियममा प्रतिसाता ५ लाख पाउण्ड भन्दा बढी आर्जन गरिरहेको बताईएको छ ।

रिपोर्टका अनुसार सिटीले रोनाल्डोका लागि कुनै सरुवा रकम तिर्न चाहेको छैन । सिटी प्रशिक्षक ग्वार्डिओलाले ग्याब्रियल जिसससंग खेलाडी साट्ने प्रस्तावलाई अस्विकार गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार