२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण कतारमा

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण कतारमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण कतारमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले बन्द प्रशिक्षण कतारको दोहामा हुने जनाएको छ ।

नेपाली टिम सेप्टेम्बर १० (भदौ २५) मा दोहा प्रस्थान गर्ने छन् ।

साफ च्याम्पियनसिपका लागि नेपालले कतारमा तयारी गर्न लागेको हो ।

नेपाली टोलीले हाल पोखरामा तयारी गरिरहेको छ ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा २५ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

कतार जानु अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ ।

नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६  (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु :

किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु,  सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी,विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार