२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ श्रीलंकाका सेकुगेले चितवनबाट ईपीएल खेल्ने

श्रीलंकाका सेकुगेले चितवनबाट ईपीएल खेल्ने

काठमाडौं ।  श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्नले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

सेकुगेले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् । चितवनले बिहीबार एक विज्ञप्ति निकाल्दै सेकुगेलाई ईपीएलका लागि अनुबन्ध गरिएको जनाएको छ ।

‘सेकुगे प्रसन्न प्रशस्त क्षमता भएका खेलाडी हुन् । उनको ब्याटिङ र बलिङ दुबैले खेलको नक्शा परिवर्तन गर्न सक्छ । उनी म्याच विजयी खेलाडी हुन् । विश्वभरी खेलेको उनको अनुभवले चितवन टाइगर्सलाई उपाधिको रुपमा अझ बलियो प्रत्यासी बनाएको छ । उनको आगमनले हाम्रो टोली अझ बलियो हुनेछ । नेपालको प्रमुख खेलकुद प्रतियोगितामा उनको क्षमतालाई हेर्न हामी प्रतिक्षा गरिरहेका छौं,’ टिम मालिक किशोर भट्टराईले भनेका छन् ।

यस्तै चितवनले मलेसियाका ब्याट्सम्यान विरनदीप सिंहलाई पनि अनुबन्ध गरिएको जनाएको छ  ।

चितवनले यस अघि पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिज र अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

को हुन् सेकुगे ?

लेग स्पिनर सेकुगेले श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको अनुभव छ ।

टी-ट्वान्टी का मान्यता प्राप्त सबै गरेर १७० खेलमा उनले १३५ विकेट लिदा प्रतिओभर ७ रनको हिसाबमा मात्र रन खर्चेका छन् । उपयोगी ब्याट्सम्यान पनि रहेका ३६ वर्षे उनले १३८ छक्का र १०७ चौका प्रहार गरिसकेका छन् ।

सिमित ओभरको खेलमा उनी लामो समयसम्म श्रीलंकाको मुख्य स्पिनरको रुपमा रहे । उनी राम्रो गुगली फाल्न माहिर छन्।

सेकुगेले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध कोलम्बोमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ खेलमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए । त्यसको तीन साता अघि उनले आफ्नो एकमात्र टेस्ट अस्ट्रेलियाविरुद्ध नै खेलेका थिए । उनले २०१६ मा आयरल्यान्डविरुद्ध ४६ बलमा ९५ रन बनाएर सनथ

जयसुर्याले श्रीलंकाको नाममा राखेको फास्टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय शतकको नजिक पुगेका थिए । उनले २३ बलमा बनाएको अर्धशतक श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचौं फास्टेस्ट अर्धशतक पनि हो ।

उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी २० ब्लास्ट खेलेका छन्।

को हुन् विरनदीप ?

विरनदीप मलेसियाका मध्यपंक्तिका ब्याट्सम्यान हुन् । उनले विकेटकिपिङ गर्नुका साथै आवश्यक्ता

अनुरुप देब्रेहाते बलिङ पनि गर्छन् । उमेर समूह देखि प्रभावशाली प्रदर्शन गर्दै आएका २२ उनले

एसोसिएट क्रिकेटको भविष्यको रुपमा हेरिन्छ । हाल मलेसिया क्रिकेट टोलीका उपकप्तान पनि रहेका

उनले २०१९ को जुन २४ मा थाइल्यान्डविरुद्ध खेल्दै टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

उनी नेपाली समर्थक माझ परिचित नाम हुन् । वैशाखमा भएको तीन देशीय ट्वान्टी–२० सिरिजमा

उनले नेदरल्यान्ड्सविरुद्ध ५३ बलमा ८७ रन बनाएर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । हालै

सम्पन्न मलेसिया क्रिकेट एसोसिएसन (एमसीए) सिरिजमा उनले सर्वाधिक रन बनाउनुका साथै विकेट

लिएका थिए । उनले १९३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

आउदो सिजनको इपिएलका लागि चितवनमा आवद्ध हुने विरनदीप चौथो विदेशी खेलाडी हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार