२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ मेस्सीको डेब्यु, पीएजीको जित

मेस्सीको डेब्यु, पीएजीको जित

काठमाडौं । लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ ।

आईतबार राति पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो ।

नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् । अर्जेन्टिनी फरवार्डले ३० नम्बरको जर्सी लगाएका थिए । खेलमा उपस्थित सबै दर्शक उठेर उनलाई सम्मान गरेका थिए ।

बार्सिलोना बाहेक अन्य टोलीबाट मेस्सी पहिलो पटक मैदान उत्रिएका हुन् ।

बेन्चबाट खेलको सुरुवात गरेका ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए ।

‘उनी अझैपनि आफ्नो सर्वश्रेष्ठ फर्मबाट धेरै टाढा छन् । तर उनी राम्रो प्रशिक्षण गरिरहेका छन् । उनी अर्को दुई हप्तामा फिट हुनेछन् ।’ क्लबका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने ।

‘हामी उनीबाट सबैभन्दा राम्रोका लागि पर्खिरहेका छौं । म धेरै खुसी छु कि उनले आफ्नो डेब्यु गरे । यो उनको लागि धेरै महत्वपुर्ण थियो ।’ उनले भने ।

‘उनी राम्रो थिए । उनको पहिलो छुवाईलेनै टिमलाई दिमागको शान्ति दियो । जित सहित सुरुवात गर्न उनका लागि राम्रो छ ।’ पोचेटिनोले भने ।

‘सबै दर्शकले उनका लागि हुटिङ्ग गरेको सुनेर राम्रो लाग्यो । हाम्रा समर्थकमात्र हैन, यो लियोले कमाएको कुरा हो ।’ उनले थपे ।

मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए ।

६३ औं मिनेटमा अच्राफ हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरे। पीएसजीका लागि एम्बाप्पेको यो अन्तिम खेल हुने अनुमान गरिएको छ ।

रियल मड्रिडले उनलाई अनुबन्धन गर्न कोशिश गरिरहेको छ । मंगलबारसम्म एम्बाप्पे अनुबन्धन गर्नुपर्ने समयसिमा रियललाई उपलब्ध छ ।

रियलले १ सय ६० मिलियन युरोको प्रस्ताव पीएसजीलाई गरेको छ । एम्बाप्पेले पीएसजीका लागि १ सय ७५ खेलमा १ सय ३५ गोल गरेका छन् ।

जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

रेइम्स मात्र ३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार