२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ काठमाडौंमा फेरि थपियो निषेधाज्ञा : के खोल्न पाइन्छ, के पाइदैन ?

काठमाडौंमा फेरि थपियो निषेधाज्ञा : के खोल्न पाइन्छ, के पाइदैन ?

काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप गरिएको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।

उपत्यकामा केही स्थानीय तहले निर्णय गरेर भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न थालेपछि प्रशासनले यसलाई कडाइ गरेको हो । अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ । चाडपर्वहरू स्वास्थ्य मापदण्ड पालना गरी भीडभाड नगरी मनाउन आदेशमा भनिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार