गृहपृष्ठ सरकारले दियो सिनेमा हल खोल्ने अनुमति
सरकारले दियो सिनेमा हल खोल्ने अनुमति
काठमाडौं । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
दोस्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् । प्रशासनले हल खोल्न अनुमति दिए पनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनहरुमा चलचित्रको अभाव रहनेछ ।









