२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ सन् २०२४ मा पहिलो ‘एप्पल कार’ सार्वजनिक हुने

सन् २०२४ मा पहिलो ‘एप्पल कार’ सार्वजनिक हुने

एजेन्सी । एप्पलले आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सन् २०२४ मा सार्वजनिक गर्ने भएको छ।

एप्पल इन्साइडरका अनुसार एप्पलले अबको तीन वर्षमा ‘एप्पल कार’ ल्याउने छ। यसको उत्पादन कम्पनीले कोरिया र जापानमा गर्नेछ।

योभन्दा अघि ‘एप्पल कार’ अमेरिकास्थित हुन्डाई कम्पनीले उत्पादन गर्ने हल्ला थियो, तर हालै सार्वनजिक भएको एक रिपोर्टका अनुसार एप्पल अहिले एसियाका गाडी आपूर्तिकर्ताहरुसँग कुराकानी गरिरहेका छन्।

विश्वव्यापी चिपको अभावको बिचमा अटोमोबाइल उद्योग मारमा परिरहेको बेला एप्पल यो समस्यालाई मध्यनजर गर्दै गाडी उत्पादन कसरी गर्न सकिन्छ भन्ने कुरामा चिन्तित रहेको डिजिटाइम्सले जनाएको छ। हाल प्रोसेसरको अभावको कारण स्मार्टफोन कम्पनीहरुले पनि नयाँ उत्पादन बनाउन नसकेको बेला ‘एप्पल कार’ उत्पादन गर्न कम्पनीलाई चुनौती हुनसक्छ।

यसका लागि एप्पल कार कम्पोनेन्ट निर्माताहरु र एसेम्बलहरु भ्रमण गरिरहेको एप्पल इन्साइडरको भनाइ छ।

अमेरिकास्थित हुन्डाईले पनि सन् २०२४ सम्म ‘एप्पल कार’ उत्पादन गर्ने भनिएको थियो। यसबाहेक एप्पल नयाँ मोनोसेल कार ब्याट्रीको डिजाइनमा काम गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार