२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी रोष्टममै उक्लिने प्रयास

सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी रोष्टममै उक्लिने प्रयास

काठमाडौं । सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी एक सांसद रोष्टममै उक्लिने प्रयास गरेकी छन् ।

प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके ।

त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन् । त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए ।

चौधरीले पनि त्यसलाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले  भनेकी छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार