२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ ब्राजिलको लगातार आठौं जित

ब्राजिलको लगातार आठौं जित

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार आठौं जित निकालेको छ।

शुक्रबार बिहान पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले जितको यात्रालाई कायम राखेको हो।

ब्राजिलको जितमा एभरटन रिबेरो र नेयमारले एक एक गोल गरे।

खेलको १५ औं मिनेटमा नेयमारको पासमा एभरटनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ४० औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए।

यस जितसँगै ब्राजिलले ८ खेलमा २४ अंक जोडेको छ।

ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ।

पेरु ९ खेलमा आठ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार