गृहपृष्ठ गास बास अनि कपासकै लागि खटिरहेछु, दिनै रात
गास बास अनि कपासकै लागि खटिरहेछु, दिनै रात
गजल
याद गर्नलाई त तेरो यादको खात, हुनुपर्यो नि भनी
मलाई माया गर्नलाई तेरो औकात, हुनुपर्यो नि भनी ।।
उसङ्गको प्रेमिल पलको महल, बनिसकेथ्यो यता
मसङ्ग हिँडन डुल्न बस्न तेरो जात, हुनुपर्यो नि भनी ।।
खै के रहेछ भिडबिचबाट चिहाइ चिहाइ नजर देको
मरुभूमिमा रुमल्लिएछु शितलु पात, हुनुपर्यो नि भनी ।।
औकात हैसियत भाग्य केही नभएको, म बबुरोलाई
औंसीमा पुर्णिमाको झलमल रात, हुनुपर्यो नि भनी ।।
गास बास अनि कपासकै लागि खटिरहेछु, दिनै रात
मेरै साथ बाह्रै महिना बार नि सात, हुनुपर्यो नि भनी ।।





