गृहपृष्ठ दिपेन्द्रले त्रिकोणात्मक सिरिज खेल्न नसक्ने
दिपेन्द्रले त्रिकोणात्मक सिरिज खेल्न नसक्ने
साेमबारबाट सुरु हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज अगाडी नेपाली क्रिकेट टिमलाई झट्का लागेको छ ।
नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले आइसीसी विश्वकप क्रिकेट लिग टु को सिरिज गुमाउने भएका छन । दायाँ खुट्टको एंकलमा लागेको चोटका कारण पीएनजीविरुद्धका दुबै खेल गुमाएका थिए । तर उनकाे चाेट निकाे हुन केहि समय लाग्ने भएकाले उनले सिरिज गुमाउने भएका हुन ।

आइतबार थ्रोइङ गर्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो । जसका कारण उनले पीएनजीविरुद्धको खेल खेल्न सकेका थिएनन् । उनको चोटका एमआरआईमा उनलाई केहि समय आरामको आवश्यकता देखिएको क्यान स्रोतले बताएको छ । जसका कारण उनले ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्न नसक्ने भएका हुन ।
रिपोर्ट अनुसार उनको चोट कतिको गम्भिर छ र कति समय मैदानबाहिर हुने भन्ने विषयमा क्यानले आजै विज्ञप्ती निकाल्नेछ ।
दिपेन्द्रको स्थानमा अर्को खेलाडी पठाउने वा नपठाउने भन्ने विषयमा क्यानले आजै निर्णय गर्नेछ । यसअघि नै नेपाली टिममा १७ खेलाडी ओमान आएकाले पनि दिपेन्द्रको स्थानमा नेपालबाट खेलाडी बोलाउनु पर्ने अवस्था नआउनसक्ने पनि स्रोतको भनाई छ ।
नेपाली टिमका मध्यक्रमका भरपर्दा खेलाडी दिपेन्द्र यो चोटका कारण केहि समय मैदान बाहिर बस्नुपर्ने संभावना रहेको छ ।
नेपालले पीएनजीसँगको दुई वटा खेलमा जित निकालेपछि टिमको त्रिकोणात्मक सिरिजका लागि मनोबल उच्च बनेको थियो । तर यो सिरिजमा दिपेन्द्र नहुने भएपछि केहि अभाव खड्किने संभावना रहेको छ ।





