२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?

पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ८७८ जनाको पीसीआर र ३ हजार १४० जनाको एन्टिजेन गरी ११ हजार १८ जनामा गरिएको परीक्षणका क्रममा ९११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४२३ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ९४९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार