२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ करिब चार लाख उनन्तिस हजार एक सय पचास बराबरको अबैध सामान प्रहरी नियन्त्रणमा

करिब चार लाख उनन्तिस हजार एक सय पचास बराबरको अबैध सामान प्रहरी नियन्त्रणमा

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चार लाख उनन्तिस हजार एक सय पचास बराबरको अबैध सामान बरामद गरि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाएको छ । यस कार्यालय मातहतका प्रहरी ईकाईहरुले विभिन्न वडा ईलाकाहरुबाट अबैध माल-सामानहरु फेला पार्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मातहतमा रहेका ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं.७ दुईमुहानघाट स्थित भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसिमका लत्ताकपडाहरु रु. १,०६,००० |- बराबरको अबैध सामान बरामद गरेको छ । त्यस्तै  जिल्ला प्रहरी कार्यालय रुपन्देहीकै मातहतमा रहेको ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ कोटहीमाई गल्ली स्थित भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसिमका लत्ताकपडाहरु गरि रु.२,८७,१५०।- बराबरको अबैध सामान फेला पारेको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देही मातहतमा रहेको प्रहरी चौकी ओडवलिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं.४ महादेवा स्थित भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको रु.३६,०००।- बराबरको २ वटा बोकाहरु फेला पारी नियन्त्रणमा लिइ पशु सेवा क्वारेन्टाईन बेलहिया रुपन्देही पठाईएको र अन्य सामान नियन्त्रण पछि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको रुपन्देही जिल्ला प्रहरी कार्यालय प्रबक्ता प्र.ना.उ.(डीएसपी) सत्यनारायण थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार