गृहपृष्ठ नेपालले कुशल भुर्तेललाई ८४ रनमा गुमायो
नेपालले कुशल भुर्तेललाई ८४ रनमा गुमायो
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।
अमेरिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई ८४ रनमा गुमाएको हो ।
यस अघि नेपालले आसिफ शेखलाई २३ र कप्तान ज्ञानेन्द्र मल्ललाई १७ रनमा गुमाएको थियो ।
नेपालले ३ विकेट गुमाएर १ सय ४४ रन जोडेको छ ।





