गृहपृष्ठ लायन्स क्लब अफ बुटवल स्टार्सको पाचौं पदस्थापना कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ बुटवल स्टार्सको पाचौं पदस्थापना कार्यक्रम सम्पन्न
बुटवल २८, भदौ । लायन्स क्लव अफ ब७३घढसटवल स्टार्सको अवार्ड सेरोमनि, पदस्तथापना तथा चार्डर नाईट, डाईरेक्ट्रिी बिमोचन कार्यक्रम गरिएको छ । नयाँ वर्ष २०२१/२२ का लागि चयन भएका अन्जिल खान नेतृत्वको अघिल्लो वर्षका सुशिल पाण्डेको नेतृत्वको टिमले पदस्थापना गरेको हो ।
कार्यक्रममा बोल्दै प्रम७३घढसख अतिथी लायन्स क्वल इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका गर्भनर राम प्रसाद भट्टले स्टार्सको सक्रियता र छोटो समयमा अनुकरणीय कार्यहरु गरेको भन्दै प्रसंशा गरेका थिए । लायन्सको सिद्धान्त अनुरुप चलिरहेको बताए । कार्यक्रममा विशिष्ट अतिथीहरु
लायन्स डिष्ट्रिक ३२५ बि २ का सेकेण्ड भि. डि. जि. नवराज न्यौपाने, पि. डि. जि. हरु महेन्द्र नारायण श्रेष्ठ, अरुण प्रताप राणा तथा डिष्ट्रिकका विभिन्न पदाधिकारीहरु विभिन्न क्लबका अध्यक्षहरु लगाएतले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै कार्यक्रममा अभिनास अनाथ आश्रम कोटिहवामा रहेका २५ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य विमालेख अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीलाई प्रमुख अतिथी राम प्रसाद भट्ट र क्लवका अध्यक्ष अन्जिल खानले हस्तान्तरण गरेको थिए ।

चार्डर नाईट कार्यक्रममा लाईभ म्युजिक, पुर्व अध्यक्षहरु सन्दिप कसौधन, आशिष कृष्ण श्रेष्ठ, एमएल पाण्डे, दिपक भट्टराई, सुशिल पाण्डे लगायतले, नृत्य प्रस्तुति गरेका थिए । क्लबका सदस्यहरुको छोराछोरीहरुको नृत्य प्रस्तुत गरेर पाहुनाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै २०१९/२० मा सामाजिक कार्यमा संयोजक लिई सहयोग गर्ने सदस्यहरुलाई निर्वमान अध्यक्ष सुशिल पाण्डेले मायाँको चिनो प्रदान गरेका थिए भने कार्यक्रमलाई सव्यभव्य बनाउन प्रथम उपाध्यक्ष विजय कुमार बर्णवाल को संयोजकमा होटल तथा हल व्यवस्थापन द्वितिय उपाध्यक्ष भुपेन्द्र अर्यालको संयोजकमा र तृतिय उपाध्यक्ष विश्वजित कसौधनको संयोजकमा क्लवको पहिचान डाईरेक्ट्री संयोजन गरेका थिए ।






