२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ नेपालले कुशल भुर्तेललाई ८४ रनमा गुमायो

नेपालले कुशल भुर्तेललाई ८४ रनमा गुमायो

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

अमेरिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई ८४ रनमा गुमाएको हो ।

यस अघि नेपालले आसिफ शेखलाई २३ र कप्तान ज्ञानेन्द्र मल्ललाई १७  रनमा गुमाएको थियो ।

नेपालले ३ विकेट गुमाएर १ सय ४४ रन जोडेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार