गृहपृष्ठ श्रीलंकाली क्रिकेटर मालिंगाले गरे सन्यासको घोषणा
श्रीलंकाली क्रिकेटर मालिंगाले गरे सन्यासको घोषणा
श्रीलंकन क्रिकेट टिमका तीब्रगतिका बलर लसिथ मालिंगाले टी २० क्रिकेटबाट पनि सन्यास लिएका छन् ।
यसअघि नै टेस्ट र एक दिवसीय क्रिकेटबाट सन्यास लिएका मालिंगाले मंगलबार टी २० बाट पनि सन्यासको घोषणा गरेका हुन् । मालिंगाले आसन्न टी २० विश्वकप क्रिकेट खेल्ने इच्छा व्यक्त गरेका थिए ।
तर उनी हालै घोषणा गरिएको टी २० खेल्ने श्रीलंकन टिममा नपरेपछि सन्यासको घोषणा गरेको बताइएको छ । उनी श्रीलंकालाई २०१४ मा टी २० विश्वकप जिताउँदा कप्तान रहेका थिए ।
मालिंगाले ८४ टी २० मा १०७ विकेट लिएका छन् भने उनले दुई पटक पाँच विकेट लिएका थिए । सर्वाधिक सफल स्पेल उनले ६ रन खर्चिएर ५ विकेट लिँदा बनाएका थिए ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००४ मा डेब्यु गरेका थिए ।





