गृहपृष्ठ ओमानलाई नेपालको सामान्य लक्ष्य
ओमानलाई नेपालको सामान्य लक्ष्य
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानसामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन मात्र बनाउन सक्यो ।
नेपालले घरेलु टोलीलाई जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालका आसिफ शेखले सर्वाधिक ९० रन बनाए । आशिफले ७ चौका र १ छक्काको मदतले १ सय १२ बलमा सो रन बनाएका हुन् । आसिफ एक दिवसीय खेलमा नेपालका तर्फबाट उच्च स्कोर बनाउने ओपनर ब्याट्सम्यान बनेका छन् ।
ओमानविरुद्ध शतकमा चुकेपनि आशिफ उच्च स्कोर बनाउने ओपनर बने ।
आशिफकाे ब्याट चलेपनि अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन ।
अघिल्लो खेलमा चम्किएको कुशल भुर्तेल र रोहित पौडेल चल्न सकेनन् ।
कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए । यस्तै कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । बिक्रम सोबले २ रनमात्र बनाउन सके ।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
यसअघि, लिग-२ को सिरिज अन्तर्गतनै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।
टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो । फेब्रुअरी ९ मा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।





