गृहपृष्ठ यूनिभर्सल मेडिकल कलेजमा ‘लिक्विड अक्सीजन प्लान्ट’ सञ्चालनमा
यूनिभर्सल मेडिकल कलेजमा ‘लिक्विड अक्सीजन प्लान्ट’ सञ्चालनमा
बुटवल,२९,भदौ । यस क्षेत्रमा नै पहिलो लिक्विड वा तरल अक्सिजन प्लान्ट यस यु.सि.यम.यस., शिक्षण अस्पतालमा जडान भइ सञ्चालनमा आएको छ । भारतमा निर्मित करिब २० मेट्रिक टन (२०,००० के.जी.) क्षमताको उक्त प्लान्टको स्थापनाले यस क्षेत्रका विरामीहरु बढी भन्दा बढी लाभन्वित हुनेछन् ।
उक्त प्लान्टको स्थापना पश्चात् अबदेखि यस यु.सि.यम.यस., शिक्षण अस्पतालमा भर्ना भएका विरामीहरुले सहुलियत पुर्ण दरमा शुद्ध अक्सिजन प्राप्त गर्नेछन् भने एकै पटक ठुलो मात्रामा अक्सिजन आवश्यक पर्ने विरामीहरुलाई समेत पाइपलाइनको माध्यमद्वारा आकस्मिक कक्ष, आई.सि.यु., सि.सि.यु., एन.आई.सि.यु., विभिन्न विभाग तथा वार्डहरुमा पुग्ने व्यवस्था मिलाएको छ ।
करिब ६० लाख रुपियाँ लगानी रहेको यो प्लान्टले एक पटक टैंकमा भरिसकेपछि सामान्य अवस्थामा अस्पताललाई करिब १५ दिनसम्म अक्सिजनको मागलाई सम्बोधन गर्न सकिन्छ भने अर्कोतिर कोभिड १९ को महामारी मात्र नभई आकस्मिक रुपमा हुने कुनै पनि किसिमको बन्द, आम हड्ताल तथा नाकाबन्दीले अस्पतालको क्रियाकलापमा कम प्रभाव पार्नेछ ।





