२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ नेपाल अमेरिकाविरुद्ध ब्याटिङ गर्दै , गुलशनको डेब्यु

नेपाल अमेरिकाविरुद्ध ब्याटिङ गर्दै , गुलशनको डेब्यु

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

अमेरिकाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झा टिममा राखिएको छ । राष्ट्रिय टिममा गुलशनको यो डेब्यु समेत हो ।

आज अमेरिकाविरुद्ध नेपाल जितको खोजीमा रहेको छ ।

सुरुवातमा ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटको रुपमा रोहित पौडेललाई २ रनमा गुमाएको हो ।

यस अघि नेपालले ओपनर कुशल भुर्तेललाई ३६ रन र आसिफ शेखलाई ३ रनमा गुमाएको थियो ।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार