२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ गरिबलाइ दशैमा १० हजार बिरामीलाइ मासिक ५ हजार

गरिबलाइ दशैमा १० हजार बिरामीलाइ मासिक ५ हजार

शेरबहादुर देउवा नेतृत्वको सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । देशभरिका ५ लाख घर परिवारलाई यो रकम दशैँकै बेलामा, अर्थात् असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको हो ।
संसदमा मन्त्री शर्माले भने, ‘कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरीब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार रु १० हजारका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रवन्ध गरेको छु ।’

यो अनुदान असोजभित्रै प्रदान गरिने आश्वासन दिँदै उनले भने, ‘यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा सम्मत २०७८ असोज महिनाभित्र हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरेको छु ।’

त्यसैगरी अर्थमन्त्री शर्माले मिर्गौला, क्यान्सर र मेरुदण्डका बिरामीहरुलाई सरकारले मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने घोषणा गरेका छन् । शर्माले विधेयक पढ्दै भने, ‘मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक रु। ५ हजारका दरले उपलब्ध गराइने व्यवस्था मिलाएको छु ।’

यसैगरी, राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि सरकारले मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको पनि अर्थमन्त्री शर्माले सुनाए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार