गृहपृष्ठ नेपालको कमजोर ब्याटिङ
नेपालको कमजोर ब्याटिङ
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।
सुरुवातमा ब्याटिङ गरिरहेको नेपालले चौंथो विकेट गुमाएको छ ।
नेपालले चौंथो विकेटको रुपमा विनोद भण्डारीलाई १० रनमा गुमाएको हो ।
यस अघि नेपालले ओपनर कुशल भुर्तेललाई ३६ रन, आसिफ शेखलाई ३ र रोहित पौडेललाई २ रनमा गुमाएको थियो ।
नेपालले ४ विकेट गुमाएर ८९ रन जोडेको छ ।





