२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ सुरक्षाको कारण न्युजिल्याण्ड र पाकिस्तानबीचको सिरिज रद्द

सुरक्षाको कारण न्युजिल्याण्ड र पाकिस्तानबीचको सिरिज रद्द

एजेन्सी । घरेलु टिम पाकिस्तान र न्युजिल्याण्डबीचको सिरिज रद्द भएको छ ।

पाकिस्तानको भ्रमणमा रहेको न्युजिल्याण्डले सुरक्षाको कारण देखाउदै खेल्न नसक्ने जानकारी गराएपछि सिरिज रद्द भएको हो ।

न्युजिल्याण्ड र पाकिस्तानबीचको पहिलो एकदिवसीय आज रावलपिन्डीमा हुने तय थियो ।

तर, सुरक्षाको कारण देखाएर न्युजिल्याण्डको टिम अन्तिम समयमा मैदान नगएको बताईएको छ ।

न्युजिल्याण्डको सरकारले सुरक्षा खतरा रहेको जानकारी गराएपछि न्युजिल्याण्डको टिमले सिरिज रद्द गरेको हो ।

न्युजिल्याण्डको टिम आजै स्वदेश फर्कने तयारीमा रहेको बताईएको छ ।

एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि न्युजिल्याण्डको टिम पाकिस्तान आएको थियो ।

न्युजिल्याण्डले १८ वर्षपछि पाकिस्तानको भ्रमण गरेको हो । पछिल्लो पटक न्युजिल्याण्डले २००३ मा पाकिस्तानको भ्रमण गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार