२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ नेपाल फिलिपिन्ससँग पराजित

नेपाल फिलिपिन्ससँग पराजित

एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

बलियो टिम फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो ।

खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । विमलाले हेड मार्फत उत्कृष्ट गोल गरिन् ।

तर, विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् ।  विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् ।

दोस्रो हाफमा भने फिलिपिन्स खेलमा फर्कियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार