२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ आईपीएल : कोहलीले छाडे बैंगलोरको कप्तानी

आईपीएल : कोहलीले छाडे बैंगलोरको कप्तानी

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका कोहलीले आइतबार कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

ब्याट्सम्यान कोहलीले आईपीएलको यस सिजनको समाप्तिसँगै कप्तानी छाड्ने बताएका छन् ।

कोहली सन् २०१३ बाट बैंगलोरको कप्तान रहेका छन् ।

कोहलीको कप्तानीमा बैंगलोरले १ सय ३२ खेलमा ६२ जित निकालेको छ । ६६ खेलमा पराजित हुँदा ४ खेल नतिजा विहीन सकिएको छ ।

कोहलीले गत साता भारतको टी-ट्वान्टी टिमको कप्तानी छाड्ने घोषणा गरेका थिए ।

कोहलीले युएई र ओमानमा आयोजना हुने टी-ट्वान्टी विश्वकपपछि आफु टी-ट्वान्टीको कप्तान नहुने बताएका छन् ।

कोहलीले यस अघि भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार