२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ नेशनल माइक्राेफाइनन्स लघुवित्त वित्तीय संस्था लि. शाखा हकुईले गर्यो बाढी प्रभावित परिवारलाई राहत समाग्री वितरण

नेशनल माइक्राेफाइनन्स लघुवित्त वित्तीय संस्था लि. शाखा हकुईले गर्यो बाढी प्रभावित परिवारलाई राहत समाग्री वितरण

ज्ञानेश्वर साहनी,नवलपरासी,०३ असोज । पश्चिम नवलपरासीका बाढि पिडितहरुलाई नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा हकुई ले बाढिबाट प्रभावित भएका आफ्ना सदस्यहरुलाई राहत समाग्री वितरण गरेको हो । सस्थाले बाढी बाट प्रभावित महिला सदस्यहरुलाई लक्षित गरि उनिहरुको जिविको पार्जनको लागी उक्त राहत समाग्री वितरण गरिएको शाखा प्रमुख नारायणी थापाले जानकारी दिनुभएको छ ।

उनका अनुसार जिल्लाको रामग्राम, सुनवल नगरपालिका, सरावल, पाल्हीनन्दन गाउपालिका, रुपन्देहीको रोहिणी गाउपालिकाका सस्थाका बाढी पिडित सदस्यहरुलाई राहत वितरण भएको जानकारी दिनुभएको छ । राहत वितरणको क्रममा प्रतिब्यक्ति चामल २० किलो, नुन १ किलो, दाल २ किलो, तेल १ लिटर लगाएत खाद्य समाग्रीहरु वितरण गरिएको उहाले जानकारी दिनुभयो । पाल्हीनन्दन गाउँपालिकामा ५ सय २६ जनालाई, रामग्राम नगरपालिकामा २ सय ९५ जना गरि आइतबार मात्रै ८ सय २१ जना सदस्यहरुलाई वितरण गरिएको र बाकी पालिकाहरुमा पनि वितरण हुने जनकारी दिनुभयो ।

१५ सय ६० सदस्य रहेको यस सस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो सदस्यहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोमा केही दिन पहिले परेको अविरल बर्षाका कारण आएको बाढीमा परि प्रभावित भएका सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको शाखा प्रमुख थापाले जानकारी दिनुभयो । यस सस्थाको कार्यक्षेत्र पश्चिम नवलपरासीको रामग्राम, सुनवल नगरपालिका तथा सरावल र पाल्हीनन्दन गाउपालिका रहेको छ भने रुपन्देहीको रोहिणी गाउपालिकामा सेवा दिदै आइरहेको जनकारी दिनुभयो । सस्थाका कार्यकारी अधिकृत राम बहादुर यादवको अध्यक्षता तथा पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रूसाद गुप्ता दिपकको प्रमुख आतिथ्यतामा राहत समाग्री वितरण कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार